प्रधानमन्त्री ओली जनकपुरमा


काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् ।

राजर्षि जनक विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनको लागि प्रधानमन्त्री ओली आज जनकपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई जनकपुर विमानस्थलमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वागत गरेका थिए ।