कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने माओवादी सांसदको प्रस्ताव, ओलीको रणनीतिको खुलासा (भिडिओसहित)


काठमाडौं, २७ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद सूर्यमान दोङ्ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरुको उत्तर आउनुपर्ने बताएका छन् । प्राइम टिभीबाट आज (मंगलबार) विहान प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिएको भए राम्रो हुनेथियो भन्ने तर्क गरे ।

उनले आन्तरिक अन्तरविरोधको कारण राजीनामा नदिएर गृहमन्त्री लेखक फसेको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा ०६४ यताका सबै गृहमन्त्रीहरुको बारेमा स्पष्ट हुनुपर्ने र त्यसको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मत रहेको सुनाए । उनले आफुहरुले यो प्रकरणमा आफ्नो अडान नछोडेको जिकिर गरे ।

उनले कांग्रेस र एमालेबीचको यो गठबन्धन ०८४ सालसम्म कायम रहोस भन्ने चाहना रहेको सुनाए । उनले कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भएकोले उसको नेतृत्वमा सरकार बन्दा माओवादीलाई कुनै आइतबार नहुने मत राखे । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना र रणनीतिबारे आफूहरु जानकार रहेको बताए ।

प्रधानमन्त्री ओलीले माधव नेपालको पार्टीलाई टुक्रा टुक्रा पार्ने रणनीति रहेको सुनाए । माधव नेपालको पार्टीलाई आफ्नो दलमा समाहित गरेर ओलीले ठूलो पार्टी बनाउनेगरि ओली अघि बढेको उनको भनाई छ ।