नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विद्येयक समितिबाट पारित


काठमाडौं, २७ जेठ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। आज (मंगलबार) बसेका समितिको बैठकले यस विद्येयकलाई सर्वसम्मत् रुपमा पारित गरेको हो ।

यो विद्येयक पारित भएसँगै नागरिकताविहीनको लागि सहयोग पुग्ने समितिको विश्वास छ । यो विद्येयक चाँडै संसद्मा पेश गर्ने समितिका सभापति रामहरि खतिवडाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo