सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिश


काठमाडौं, २७ जेठ । न्याय परिषदको बैठक सम्पन्न भएको छ ।

बैठकले सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायाधीशमा नाम सिफारिश गरेको छ ।

उनीहरुको अब संसदीय सुनुवाई हुनेछ ।