काठमाडौं। काठमाडौंको बाँसबारीमा अवस्थित डीआई डेन्टल क्लिनिक तीन वर्षमै हस्पिटलमा स्तरोन्नति भएको छ। २०७९ देखि सञ्चालनमा आएको डीआईले छोटो समयमै हस्पिटलमा परिणत हुन सफलता पाएको हो।
डीआईका एमडी डा. सागर काफ्लेका अनुसार सुरुमा एउटा शय्या राखेर सञ्चालन गरिएको क्लिनिक अनिबारदेखि १५ शय्याको डेन्टर हस्पिटलमा परिणत भएको हो। हस्पिटलको उद्घाटन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरेका छन्।
कार्यक्रममा अख्तियारका आयुक्त जयबहादुर चन्द, नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा.प्रणय शाक्य, बूढानीलकण्ठका मेयर मीठाराम अधिकारीलगायत उपस्थित थिए।





प्रतिक्रिया