काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक झण्डै तीन घण्टा ढिलो सुरु भएको छ । आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक ढिलोगरि भर्खरै सुरु भएको हो । तर, बैठक सुरु हुनासाथ विपक्षीहरुले उठेर विरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गरेर विपक्षीहरुले सदन अवरोध गरिरहेका छन् । उनीहरुले आजपनि यसलाई जारी राखेका हुन् ।
अहिले बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच हो हल्ला चलिरहेको छ । रास्वपाका सांसदहरुले त मानव तस्करलाई कारबाही गर भनेर नारा लगाएका छन् ।




प्रतिक्रिया