धान रोपाइँमा प्रविधिको प्रयोग


सुनसरी, २९ जेठ । सुनसरीको इनरुवा नगरपालिका-९ मा ड्रमसिडर मेसिनबाट धान रोप्दै किसान ।

बिउ नराखी प्लास्टिकको ड्रममा बिउ धान राखेर मेसिनबाट हिलो खेतमा छर्ने यस प्रविधिबाट खेती गर्दा एक बिघा जग्गामा २० हजार रुपियाँसम्म बचत हुने किसान बताउँछन् । यो प्रविधिको प्रयोग गर्दा जनशक्ति समेत निकै न्यून प्रयोग हुने गर्दछ । तस्बिर : नवीन गड्तौला /रासस