माधव नेपालले गरे प्रचण्डसँग छलफल


काठमाडौं, २९ जेठ । भ्रष्टाचार मुद्दा लागेर सांसदबाट निलम्बित भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग् भेट गरेका छन् । प्रचण्ड केही दिन यता काठमाडौंबाहिर थिए । उनी काठमाडौं आएलगत्तै माधव नेपालले दाहालसँग आज छलफल गरेका हुन् ।

आफ्नो मुद्दा प्रक्रियामा कसरी अघि बढ्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको बुझिएको छ । यसको अलावा संसद् अवरोध खुलाउने विषयमा कांग्रेसलाई विश्वासमा लिएर जानुपर्ने माधव नेपालको सुझाव रहेको बताईन्छ । file photo