काठमाडौं, २९ जेठ । सदनको अवरोध खुलाउनको लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीहरुले छानबिन समितिको अडान राखेपछि सदन खुल्न सकेको छैन् । आज दिउँसो ३ बजेको लागि बोलाईएको बैठक एक घण्टा व्यतित हुँदासमेत सुरु हुन सकेको छैन् ।
विपक्षी दलहरुले यस प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडान राखेका छन् । यसमा सबै विपक्षीहरु एकमत रहेको कुरा बाहिर आएको छ । लगत्तै, सभामुख घिमिरेले विपक्षी दलका नेता पुष्पकमल दाहालसँग छलफल गरेका छन् । सभामुखको च्याम्बरमा भएको छलफलमा सदनको अवरोध खुलाउन लचक हुन प्रचण्डलाई आग्रह गरिएको थियो ।
सभामुखले प्रचण्डलाई बजेटमाथिको छलफलको लागि समय चाप भएको भन्दै सदनको अवरोध खुलाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको बताईन्छ । प्रचण्डले विपक्षी दलहरु छानबिन समिति बनाउनुपर्ने कुरामा एकमत रहेको भन्दै सरकारको कोर्टमा बल रहेको धारणा राखेका थिए ।




प्रतिक्रिया