काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति बनाएर अगाडि बढ्ने कमिटमेन्ट आएपछि मात्रै संसद् सुचारु हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् सुचारु हुन गृहमन्त्री रमेश लेखकले पदबाट राजीनमा गर्नुपर्ने र छानविन हुने कमिटमेन्ट व्यक्त हुनुपर्ने बताएका हुन् ।
‘उहाँले आफ्नो बारेमा प्रश्न उठिसकेपछि राजीनमा दिएर अनुसन्धानको बाटो प्रशस्त गर्नुपर्छ । कर्मचारीहरुको बारेमा अनुसन्धान गर्न अख्तियार छ । संसद्मा उठेको प्रश्न समिति बनाएर छानविन गरिनुपर्छ,’– उनले भने ।
नेता पोखरेलले संसद्मा उठेको आवाजलाई सरकारले इग्नोर गरेको कारण अवरोध लम्बिएको बताए । प्रतिपक्षले आवाज उठाउनु स्वभाविक कुरा हो भन्ने सत्तापक्षले बुझ्न आवश्यक रहेको उनले बताए । सरकार जनताप्रति उत्तरदायी बन्न नै नसकेको उनको दाबी छ । नेता पोखरेलले नेगोसेशनबाट संसद अवरोध अन्त्य गरिनुपर्ने बताए ।




प्रतिक्रिया