काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाअन्र्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच नोकझोक भएको छ । आजको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणबारे प्रश्न उठाएसँग समितिमा सांसदहरुबीच नोकझोक चलेको हो । प्रतिपक्षका सांसदहरुले समेत नेता पराजुलीले उठाएको प्रश्नमा आपत्ति जनाए । भिजिट भिसा प्रकरण छाडेर विषय बस्तुमा आएर बोल्न सत्तारुढ दलका सांसदहरुले नेता पराजुलीलाई आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेठ (किसान) ले रास्वपा नेता पराजुलीलाई ‘तपाईँको पार्टी र तपाईँका नेतामात्रै चोखा, अरु सबै घुस्याहा ?’ भन्दै प्रश्न गरे । ‘रास्वपा मात्रै, ठेकेदार हो रास्वपा ? हामीले पनि संसद्मा विरोध गरेका छौं । संसद्मा हामी पनि उभिएका छौं,’– नेता श्रेष्ठले बताए ।,
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद् सूर्यमान दोङ ‘लालधोज’ ले बेइमानीकै कुरा गर्ने हो भने रास्वपाले जति अरु कसैले नगरेको टिप्पणी गरे । सांसदहरुलाई पराजुलीले ‘निरीह’ भनेको भन्दै सांसद किसानले आपत्ति जनाए । सांसद किसानको आपत्तिमा नेता पराजुलीले द्वैद्व चरित्र नदेखाउन आग्रह गरे ।
साथै, नेता पराजुलीले यस विषयमा गृहमन्त्री र श्रम मन्त्री उपस्थित नभइकन छलफल हुन नहुने बताए । अहिले डेढ लाख महिलाहरु घरेलु कामदारको रुपमा विदेशमा बिचलित रहेको पनि उनले बताए ।




प्रतिक्रिया