गृहमन्त्री लेखक संसद्मा बोल्दै, रास्वपाका सांसदहरुको नाराबाजी जारी


काठमाडौं, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो धारणा राखिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।

मन्त्री लेखले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन सक्दैन भन्ने कुरा स्पष्ट पारेका छन् । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन् ।