धवलशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर, रवीन्द्र मिश्र अझै सम्पर्कविहीन


काठमाडौं, २ असार । राप्रपाका महामन्त्री धवलशम्शेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। आज (सोमबार) बिहान जबरा अदालतमा हाजिर भएका हुन् । गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा भएको घट्नामा पक्राउ परी हाजिरी जमानीमा छुटेका थिए ।

उनी गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको थियो । यो बीचमा प्रहरीले उनका स्वकिय सचिवलाई समेत जरिवाना तोकेको थियो ।

यही प्रकरणमा पक्राउ परेका राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने धेरै पछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका थिए । उनी पनि अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । राणा आज अदालतमा हाजिर हुँदा मिश्र यो समाचार तयार पार्दासम्म सम्पर्कमा नभएको अदालत स्रोतले जनाएको छ । file photo