काठमाडौं, २ असार । प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे यतिवेला प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफलमा छन् ।
उपसभामुख इन्दिरा राना, कांग्रेसका प्रमेख सचेतक श्याम घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका मुख्य सचेतक सन्तोष परियार र राप्रपाका मुख्य सचेतक ज्ञानबहादुर शाहीसहित सभामुख घिमिरे छलफलमा हुँदा प्रतिनिधिसभाको बैठक बस्न ढिलाई भएको हो ।
भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले सदनमा अवरोध जारी राखेका छन् ।




प्रतिक्रिया