हिजो बसेको प्रतिनिधिसभा बैठकको भत्ता नलिने राप्रपा संसदीय दलको निर्णय


काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले हिजो बसेको प्रतिनिधिसभा बैठकको भत्ता नलिने निर्णय गरेका छन् । राप्रपाले असार १ गते बसेको बैठक बहिष्कार गरेकाले सो दिनको भत्ता नलिने निर्णय भएको प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताएका छन् ।

‘हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक बापत प्राप्त हुने बैठक भत्ता राज्स्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ,’– शाहीले संघीय संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ ।

बैठक बहिस्कार गरेर पनि भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने राप्रपा संसदीय दलको ठहर रहेको छ । File Photo/RN