प्रतिनिधिसभाको बैठक सुरू


काठमाडौं, २ असार । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज विहान ११ बजेको लागि बोलाईएको डेढ घण्टा ढिलोगरि सुरु भएको हो । योबीचमा सभामुख देवराज घिमिरे प्रमुख पाँच दलका मुख्य सचेतकहरुसँग छलफलमा थिए ।

सदनमा हिजोबाट बजेटमाथिको छलफल प्रारम्भ भएको छ । रास्वपाको नाराबाजीकै बीचमा सभामुखले सदन चलाएका थिए ।