काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राज्यले नागरिकहरुलाई रोजगारी पनि नदिने र विदेश जाने दिदीबहिनी दाजुभाइबाट पैसा उठाउने प्रक्रिया बन्द हुनुपर्ने बताएका हुन् । उनले आफ्नै नागरिक बेचविखन र तस्करीमा पर्दा पनि राज्य जिम्मेवार नभएको बताए । दुई तिहाइको सरकार बने पनि राज्य जनताको लागि हुन नसकेको उनको भनाइ छ ।
‘यो राज्य हामीले कसका लागि बनाएका हौं ? जनतालाई दुःख दिनका लागि बनाएका हौ कि ? जनताका लागि यो राज्य बनाएका हौं । तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने अनि विदेश जाने दाजुभाइ दिदीबहिनीहरुलाई ठग्ने ? राज्यको यो संरचना जवाफदेही हुनुपर्छ कि पर्दैन ? छानविन समिति चाहिन्छ । सरकार जवाफदेही हुनुपर्छ । रास्वपाको आन्दोलन जारी छ,’– उनले भने ।




प्रतिक्रिया