काठमाडौं, २ असार । रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर श्रेष्ठ भेटिएका छन् । उनी बालाजुस्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटिएका हुन् ।
उनी सामाजिक सञ्जालमार्फत घर परिवारसँग माफी माग्दै सम्पर्कविहीन भएका थिए । जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरुले दुःख दिएको कुरा उल्लेख गर्दै उनले गल्ती विनाको सजाय भोग्न बाध्य बनाइएको खु्लाएका थिए । केही व्यक्तिहरुको नाम उल्लेख गर्दै उनले आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको समेत उल्लेख गरेका थिए ।
रामेछाप नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङका अनुसार केही दिनअघि उनको सरुवा भएको थियो । डा।श्रेष्ठले नाम उल्लेख गरेका केदार कार्की भने पूर्व वडा अध्यक्ष रहेको खुलेको छ ।
यो पनि पढ्नुहोस्ः रामेछापबाट डाक्टर बेपत्ता, फेसबुकमार्फत मागे परिवारसँग विदा




प्रतिक्रिया