काठमाडौं, २ असार । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापा ५० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
उनीमाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बेचेको र वन ऐनको उल्लङ्घन गरेको आरोप छ । थापाविरुद्ध १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो । file photo




प्रतिक्रिया