काठमाडौं, २ असार । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य देवसिंह महता पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै रकम असुलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
कोरियाको सिजनल भिसामा पठाइदिने भन्दै उनले ३५ जनाबाट एक करोड ५० लाखभन्दा बढी असुल गरेको आरोप छ । पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
उक्त गिरोहमा संलग्न रहेको आरोप लागेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ राजेन्द्र कुँवर र विनोद थापा फरार रहेका छन् ।




प्रतिक्रिया