तोलामा दुई हजारले घटयो सुनको मूल्य


काठमाडौं, असार ३ । आज नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ९५ हजारमा कारोबार भइरहेको छ। त्यस्तै, आज एक तोला चाँदी २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।