काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन नचाहेको बताएका छन् । आज (मंगलबार) बेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार शान्ति प्रक्रियालाई हल गर्ने भन्दा पनि बल्झाउने र देशलाई द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको बताएका हुन् ।
‘शान्ति प्रक्रिया हल गर्ने होइन, शान्ति प्रक्रियालाई बल्झाएर, यसलाई उचाल्दै लगेर कसरी द्वन्द्वमा लान सकिन्छ भन्ने लाइनमा छ । अहिलेको राज्यसत्ताको दृष्टिकोण त्यहाँ बढी प्रभावित छ । हेर्दाखेरी संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान नेपालीले बनाएको, संविधानसभाले बनाएको दलहरु नेपालका, नेपाली जनताले चयन गरेको । तर, सोच र चिँतन कहाँ फसेको छ त भन्दाखेरी सर्वसत्तावादी, एकाधिकारवादीहरुको अगाडि घुँडा टेकेको छ । आत्मशमरपर्ण गरेको छ । त्यसले शान्ति कायम राख्न दिँदैन । त्यही समस्या हो,’– महासचिव गुरुङले भने ।
साथै, आफूहरुले बेपत्ता भएका व्यक्तिहरुको अवस्थाबारे जान्न चाहेको पनि उनले बताए । बेपत्ताहरुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको भन्दै उनले सरकार यस मामलामा जवाफदेही नभएको टिप्पणी गरे । ‘बेपत्ता को हो ? भन्ने समस्या होईन । बेपत्ता कुन अवस्थामा छ भन्ने प्रश्न हो । छानविन आयोगको खोजीको मूल तत्पर्य त्यो हो भन्ने लाग्छ । खोजीको क्रममा पनि अहिलेसम्म सार्वजनिक हुन नसक्नुको कारण के हो त ? दलहरु कति जवाफदेही हुन् वा अहिलेको अवस्था, व्यवस्था कति जवाफदेही छ भन्ने हेनर््ुपर्छ । यो आन्तरिक मामला हो । आन्तरिक मामला हुँदाहुँदै पनि दुई विचार र प्रवृत्ति बीचको द्वन्द्व छ,’– नेता गुरुङले भने ।




प्रतिक्रिया