काठमाडौं, ३ असार । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग धरौटी माग गरेको छ । आज (मंगलबार) काठमाडौं जिल्ला अदालतमा हाजिर भएका मिश्रको थुनछेक बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । उनीसँग तीन लाख धरौटी माग गरिएको छ ।
गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा घटेको हिंसात्मक घट्नामा मिश्रलाई दोषी बनाईएको छ । उनी लामो समय हिरासत बसाईपछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत हाजिरी जमानीमा रिहा भएका थिए । तर, यो बीचमा उनी सम्पर्कमा नआएपछि प्रहरीले पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया