काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले कार्यान्वयन हुनसक्ने बजेट ल्याएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले आफू मन्त्री भएदेखि नै विज्ञ टोली गठन गरेर अध्ययनपछि बजेट ल्याइएको उनले बताए ।बागमती प्रदेशले ल्याएको ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट यथार्थतामा आधारित रहेको पनि उनले बताए ।
‘मैले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएपछि मैले विज्ञ टोली गठन गरेर करको दायरा र करको क्षेत्र, सम्भावित करको अध्ययन गरेको थिएँ । त्यसको आधारमा बजेट निर्माण भएको हो । बागमती प्रदेशलाई ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन भएको छ । यो बागमती प्रदेशको लागि ठूलो विषय वस्तु होइन,’– उनले भने ।
बागमती प्रदेश सरकारको करको दायराहरु धेरै रहेको र प्रशस्त कर उठ्न बाँकी रहेको उनले बताए । उनले प्रभावकारी बजेट निर्माण भएको र कार्यान्वयनमा पनि आफूहरुले विशेष ध्यान दिने उनले बताए ।




प्रतिक्रिया