काठमाडौं, ४ असार । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी ठगीका अरोपित ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइने भएको छ ।
इन्टरपोलबाट रेड नोटिश जारी भएका भण्डारी कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेपछि नेपाल ल्याउन लागिएको हो । उनी पक्राउ परेको सूचना पाएसँगै इन्टरपोलमार्फत नेपाल ल्याउन पत्राचार गरिएको थियो ।
सिंगापुर एयरलाइन्सको उडानमार्फत नेपाल ल्याउने तयारी रहेको र आज राति १० बजे उनी त्रिभुवन विमानस्थल काठमाडौंमा उत्रिने छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मितेरीको अनुसन्धान गरेको थियो । सो सहकारीबाट भण्डारीले ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
उक्त सहकारीमा नेपाली कांग्रेसका उपसभापति जनराज गुरुङको नामसमेत मुछिएको थियो । गुरुङकी पूर्व पत्नी ज्योति गुरुङले सहकारीमा अपचलन गरेको पाइएको थियो । ज्योति गुरुङ विरुद्ध पनि इन्टरपोलबाट रेड नोटिश जारी भएको छ । तर, उनी अहिलेसम्म फेला परेकी छिनन् ।




प्रतिक्रिया