काठमाडौं, ४ असार । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले एमालेमा नेतृत्वको विषयमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । र, भावी नेतृत्वबारे पनि अनावश्यक अनुमान नगर्न उनको आग्रह छ । पार्टीको जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका हुन् ।
उनले पार्टीको विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने काम गलत भएको औंल्याए । उनले अहिले पार्टीभित्र कुनै समस्या नभएको समेत जिकिर गरे । उनले एमालेभित्र भएका सानातिना समस्यालाई हल गरेर जाने विश्वास दिलाए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्व राष्ट्रमन्त्री विद्यादेवी भण्डारीबीच हिजोमात्रै भेट भएको सन्दर्भमा पौडेलको यस्तो भनाई आएको हो । एमालेमा अहिले भण्डारीलाई भावी अध्यक्षको रुपमा हेरिएको छ । भण्डारीले पार्टीको नेतृत्वमा आउनेगरि वार्म–अप थालेपछि अध्यक्षनिकट नेताहरुले भण्डारीको आलोचनासमेत गरिरहेका छन् । file photo




प्रतिक्रिया