काठमाडौं । अहिले फलहरूको राजा आँपको सिजन चलिरहेको छ । नेपालमा विभिन्न प्रजातिका आँपहरु पाईन्छ । असार १५ मा त दही, च्युरा र आँप खाने प्रचलन छ । आँप स्वास्थयको लागि एकदमै फलदायी मानिन्छ । यसका असंख्यक फाइदाहरु छन् । स्वास्थ्यमन्त्री विभिन्न अध्ययनले पनि आँपलाई लाभदायी फलको रुपमा व्याख्या गरेको पाईन्छ ।
आँफ बहुगुणी फल मानिन्छ । आँप एन्टिअक्सिडेन्टयुक्त फल हो । यसले क्यान्सरबाट बचाउन मद्दत गर्ने बताईएको छ । यस्तै, आँपले शरीरमा रगतको मात्रा बढाउँछ। आँपको सेवनले मस्तिष्कलाई समेत फाईदन पुर्याउनेछ । यसले स्मरण शक्ति बढाउने अध्ययनले देखाएको छ । आँपमा फाइबर पाईने भएकोले यसले पाचन शक्तिमा पनि मद्दत पुर्याउँछ । आँपमा भिटामिन सी प्रशस्त पाईने भएकाले कोलेस्ट्रोलको मात्रा घटाउन पनि मद्दत गर्दछ । यस्तै, आँपले तौल बढाउन मद्दत गर्दछ ।
आँखाको लागि पनि आँप राम्रो मानिन्छ । आँपमा भिटामिन ए पाईने भएकोले आँखाको ज्योति तेजिलो बनाउन यसले मद्दत गर्दछ । छालाको त्वचा राम्रो राख्नको लागि पनि आँप लाभदायी मानिन्छ । कतिपय अध्ययनले त आँपको नियमित सेवनले प्रजनन (रिप्रोडक्स) क्षमता बढाउन टेवा पुर्याउने देखाएको छ । बजारमा अहिले मालदह, दसहरीलगायतका आँपहरु आउन थालिसकेका छन् । आँपमा विषादी पनि हालिने गरिएको चर्चा हुँदै आएको छ । विषादी नहालेको आँप सेवन गर्दा स्वास्थयको लागि राम्रो हुन्छ । त्यसतर्फ उपभोक्ताले ध्यान दिन जरुरी छ ।




प्रतिक्रिया