भिजिट भिसा प्रकरणमा ठगिएका दुई हजारभन्दा बढी पीडित रास्वपाको सम्पर्कमा


काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा ठगिएका २ हजारभन्दा धेरै पीडितहरु सम्पर्कमा आएको बताएको छ । रास्वपाका प्रवक्ता मनिष झाले बनाएअनुसार भर्चुअल र फिजिकल माध्यमबाट २ हजारभन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आएका हुन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा ठगिएकाहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । भिजिट भिसा प्रकरण छानविनका लागि समिति गठन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सघाउनुपर्ने रास्वपाको माग छ ।