काठमाडौं, ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच फोनवार्ता भएको छ । जि–७ समिटमा दुई नेताबीच भेट हुने अपेक्षा गरिएको थियो । तर, इरान–इजरायल बढ्दो द्धन्द्धको कारण ट्रम्प पूर्वनिर्धारित कार्यक्रम छोट्याएर क्यानडाबाट चाँडै अमेरिका फर्किएका थिए ।
तर, आज भने दुई नेताबीच करिब ३५ मिनेट फोनवार्ता भएको भारतीय विदेश सचिव विक्रम मिश्रीले जानकारी दिएका छन् । गत अप्रिल २२ मा भएको पहलगाम हमलामा ट्रम्पले मोदीलाई फोन गरेर घट्नाप्रति दुःख व्यक्त गरेका थिए । त्यसपछि दुई नेताबीच आज पूनः फोनवार्ता भएको हो ।
भारत र पाकिस्तानबीचको मामिलामा भारतले कहिल्यैपनि कसैको मध्यथता स्विकार नगरेको र भोलिपनि नगर्ने मोदीको भनाई थियो । यो विषयमा भारतमा पूर्ण रुपमा राजनीतिक एकता रहेको कुरा पनि मोदीको भनाई थियो । आतंकवादविरुद्ध भारतको कदममा अमेरिकाको पूरा साथ रहेको कुरा ट्रम्पले स्पष्ट पारेका थिए ।
सो क्रममा भारतको अपरेशन सिन्दूरबारे पनि मोदीले अपरेशन जारी रहेको कुरा जानकारी गराएका थिए ।यस्तै, इरान–इजरायल जारी युद्ध, रसिया–युक्रेन युद्धबारे पनि दुई नेताबीच कुराकानी भएको थियो । जसमा दुवै नेताले रसिया–युक्रेन युद्ध समाप्ती र शान्ति स्थापना हुनुपर्ने मत राखेको विदेश सचिव मिश्रीले जानकारी दिए । file photo




प्रतिक्रिया