बजेटमा एकाधिकार कायम गरिएको भन्दै एकीकृत समाजवादीका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका


काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् । सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाई छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्र्द उनले बजेट पुस्तिका च्यातेका हुन् । भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।