काठमाडौं, ५ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेता र न्यायाधीशहरुको कल डिटेल सार्वजनिक हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।
उनले भने,‘नेता र न्यायाधीहरुको कल डिटेल सार्वजनिक गर्नुपर्छ । म सुन्दै आईरहेको छु कि कानूनमन्त्रीजी विहानै विहान कसैको मुद्दा छ भने जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । सर्वोच्च अदालतमा त्यहाँ न्यायाधीशलाई फोन गर्नुहुन्छ । त्यसकारण म सदनमार्फत माग गर्न चाहुन्छ कि कानूनमन्त्रीको कल डिटेल बाहिर आओस, उहाँले किन न्यायाधीशसँग फोन गर्नुहुन्छ । कानून प्रभावित गर्न पाईँदैन् । न्याय त कानून र संविधानले निर्धारण गरेअनुसार हुनुपर्छ ।’
कल डिटेल बाहिर आउँदा कानूनमन्त्रीले न्यायाधीशसँग कुरा नगरेको पुष्टि भयो भने आफू सांसद पद त्याग्न तयार रहेको पनि सिंहको चेतावनी छ ।




प्रतिक्रिया