काठमाडौं, ५ असार । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले आफूले यो देश के हो र नेतृत्व के हो भनेर बुझ्नै नसकेको गुनासो पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यस्तो गुनासो पोखेका हुन् । उनले अब देश बन्दैछ भनेर आशा जागेको बेलामा फेरि निराशा छाएको बताए ।
उनले उर्जासम्बन्धी टेक एण्ड पे नीतिबारे बोल्दै यस्तो भनाई राखेका हुन् । उनले भने,‘अब देशमा कसले लगानी गर्ने ? यस्तो स्थिति छ । हामी सबैले एकचोटी बोल्नुपर्ने भयो । यो मुलुकभन्दा ठूलो र जनताभन्दा ठूलो केही पनि होईन । हाम्रो संस्कृति बिगार्ने अधिकार कसैको छैन ।’ देशको भूबनोट पनि आम्दानीको स्रोत भएको उनको भनाई छ ।




प्रतिक्रिया