काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद् बैठकमा आज कुर्सीमा बस्ने १५ जना सांसद र भुईंमा आन्दोलत सांसद १७ जना रहेको तस्विर सार्वजनिक गरेकी छिन् ।
भिजिट भिसा प्रकरणमा रास्वपा आन्दोलनरत छ । संसद् बैठक सकिनासाथ गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘सत्ता कुर्सीबाट भागेको छ, जिम्मेवारी भुईंमा अडिएर लडिरहेको छ । हाम्रो आन्दोलन जारी छ ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । साथै, यस सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको गठन उसको माग छ । रास्वपाको आन्दोलनको स्वरुप भने आजबाट फेरिएको छ ।
हिजोसम्म नाराबाजीमा उत्रिएका रास्वपाका सांसदहरु आजबाट भने पलेंटी कसेर बसेका छन् । उनीहरुले नाराबाजी लगाएनन् ।
प्रतिक्रिया