काठमाडौं, ५ असार । मितेरी सहकारी ठगी प्रकरणमा ज्योतिबहादुर भण्डारीलाई अनुसन्धानको लागि सात दिन म्याद थप भएको छ । कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई हिजो (बुधबार) राति नेपाल ल्याइएको थियो । काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले भण्डारीमाथि अनुसन्धान गरिराखेको छ । भण्डारी ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी ठगीका अरोपित हुन् ।
कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका भण्डारीलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो । उनी पक्राउ परेको सूचना पाएसँगै इन्टरपोलमार्फत नेपाल ल्याउन पत्राचार गरिएको थियो ।
प्रतिक्रिया