अष्ट्रेलियाले इरानमा आफ्नो दूतावासको सेवा बन्द गर्यो


काठमाडौं । अष्ट्रेलियाले इरान–इजरायल बढ्दो तनावको कारण इरानमा रहेको आफ्नो दूतावासको सेवा बन्द गरेको छ । सुरक्षा खतरालाई महशुस गर्दै तत्काललाई सेवा बन्द गरेको जनाईएको छ । इरानको तेहरानमा रहेको दूतावासले अहिले सेवा बन्द गरिएको जनाएको हो ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वोङले अहिलेलाई तेहरानमा रहेको दूतावासको सेवा बन्द गरिएको जानकारी गराएकी छिन् । दूतावासका कर्मचारीहरु अहिले अजरबैजान सारिएको छ । तर, अष्ट्रेलियाका राजदूत भने तेहरानमा नै रहने जनाईएको छ । करिब १५ सय अष्ट्रेलियाली नागरिकले इरान छोड्नको लागि सहयोग मागेको पनि विदेशमन्त्रीले जनाएकी छिन् ।