काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र) का उपमहाचिव शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा अन्यायपूर्ण र विभेदपूर्ण रहेको बताएका छन् । आज (शुक्रबार) संसद् बैठकलाई सम्बोधन गर्दै उनले बजेट विभेदपूर्ण र अस्वभाविक रुपमा विनियोजन गरिएको बताएका हुन् । उनले यसलाई राज्य स्रोतको दुूरुपयोगको संज्ञा दिए ।
‘भौतिक पूर्वाधार मन्त्रालयको प्रसंगमा छलफल गर्नुपर्दा यो निकै गम्भीर विषय म ठान्दछु । भौतिक पूर्वाधार मन्त्रालयको बजेट विनियोजन जुन प्रकृति र ढंगबाट गरिएको छ, यो गैरजिम्मेवार त छदैछ । यो अन्यायपूर्ण छ, विभेदपूर्ण छ । यो स्वभाविक त छदैछैन । यो एक प्रकारको अनियमितता हो भन्ने मलाई लाग्छ,’– उनले भने ।
विभिन्न जिल्लाहरुको सडकलाई बजेट विनियोजन नगरिएको, रणनीतिक सडक, पुलहरुको बजेट नछुट्याइएको बताए । एउटा जिल्लामा चार दर्जन वैकल्पिक सहायक राजमार्ग र अर्को जिल्लामा एउटा पनि नहुने गरी बजेट विनियोजन गरिएको उनले बताए ।




प्रतिक्रिया