काठमाडौं, ६ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको सम्वद्र्धनको लागि ‘सडक र संसद’ ब्यानरमा भोलि माईतीघर मण्डलामा विहान ९ बजे कार्यक्रम आयोजना गरिने जनाएको छ ।
रास्वपा यतिवेला सदनमा आन्दोलनरत छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गरेर रास्वपा आन्दोलित बनेको हो । लगातार संसद्मा आन्दोलित रास्वपा आज भने बैठक बहिष्कार गरेर निस्किएको थियो ।




प्रतिक्रिया