देउवा-वाग्लेबीच ‘वान टू वान’ वार्ता


काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवा भेट्न वाग्ले बुढानीलकण्ठ पुगेको स्रोतले बतायो ।

देउवा र वाग्लेबीच करिब ४५ मिनेट वान टू वान वार्ता भएको थियो । कांग्रेस परित्याग गरेपछि वाग्लेले पहिलो पटक सभापति देउवासँग भेट गरेका हुन् ।

सभापति देउवासँगै वाग्लेको भेट गराउन कांग्रेस नेता तथा पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले समन्वय गरेको बताइएको छ । भेटका क्रममा भिजिट भिसा प्रकरणदेखि समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।