बुर्लाकोटी रास्वपा महामन्त्री, झा प्रवक्ता


काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको हो ।

निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो । त्यस्तै कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।