समिक्षा अधिकारीको नयाँ गीत ‘देउतालाई भाकी के मागुँ ?’ सार्वजनिक, सागर लम्साल फिचर्ड


काठमाडौं, ७ असार । चर्चित गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । नेहर बुढाथोकीको शब्द रचना रहेको गीत ‘देउतालाई भाकी के मागुँ’ को भिडिओ सार्वजनिक भएको छ ।

भिडिओमा समिक्षा र सागर लम्साल (बले) को अभिनय रहेको छ । भिडिओको छायाँकान भने दिनेश पराजुलीको टिमले खिचेको हो । गीतमा म्युजिक एरेन्ज भने विशाल निरौलाले गरेका हुन् । भिडिओ गायिका अधिकारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।