काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले विपक्षीहरको विरोधको बावजुद निरङ्कुश शैलीमा बलजफ्ती संसद् चलाउन खोजिएको बताएका छन् । प्रतिनिभिसभाको बैडकलाई सम्बोधन गर्दै उनले बलजफ्ती संसद् चलाउँदै यसले लोकतन्त्रलाई गिज्याइरहेको बताए । उनले प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको माग सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षणसमेत गराए ।
‘विरोधमा रहनुभएको माननीयज्यूहरुको माग सम्बोधनका लागि म सरकारको जोडदारपूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । निरङ्कुश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन । यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओझ, जरिमालाई बढाएन भनेर म दुःख व्यक्त गर्न चाहन्छु,’– उनले भने ।




प्रतिक्रिया