काठमाडौं, ७ असार । गत चैत १५ गते राजावादी समूहले आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा आगलागीमा परी मृत्युभएका पत्रकार सुरेश रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख आर्थिक सहयोग गरेको छ । रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा मृतक पत्रकार रजकको परिवारलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तातयण गर्न महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल मृतक रजकको घर पुगेका थिए । साथै रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ ।




प्रतिक्रिया