कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ भन्ने कुरामा म विश्वस्त छैनः सञ्जय गौतम (भिडिओसहित)


काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले कांग्रेस–एमालेसहितको गठबन्धन २०८४ सम्मै जान्छ भन्ने कुरामा आफू विश्वस्त नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त देखिए पनि आफूलाई विश्वास नलागेको बताएका हुन् ।

‘उहाँहरुमा म कन्फिडेन्ट देख्छु । शेरबहादुर देउवामा पनि म कन्फिडेन्ट देख्छु, केपी ओलीमा पनि कन्फिडेन्ट देख्छु । मलाई त्यति सजिलैसँग यो गठबन्धनले पूर्णता हाँसिल गर्छ भन्ने क्ुरामा म विश्वस्त छैन,’– उनलेभ ने ।

साथै, उनले कांग्रेस–एमाले गठबन्धन सरकारले यो एक वर्षको अवधिमा केही काम गर्न नसकेको बताए । उनले कांग्रेस–एमाले गठबन्धन सरकार नेचुरल नै नरहेको दाबी गरे । ‘मैले त सोचेजस्तो केही पनि पाइनँ । राम्रो होला भन्ने सोचेको थिए । पहिलो कुरा त मलाई कांग्रेस–एमालेको गठबन्धन बनेको नै चित्त बुझेको थिएन । यो मलाई नेचुरल कोर्शमा बनेको जस्तो लागेकै थिएन । यसले राम्रो परिणाम दिन्छ भन्ने कुरामा म विश्वस्त थिइनँ । मैले विरोध पनि गरिनँ, म यसमा सहमत थिइनँ,’– उनले भने ।