काठमाडौं, ७ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले कनिका छरेजस्तोगरी बजेट छर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब दैलेखकोमा उत्खनन् भइरहेको पेट्रोलियम खानीजस्ता ठूलो परियोजनामा बजेट विनियोजन हुनुपर्ने बताएका हुन् ।
‘दैलेखमा रहेको पेट्रोलियम पदार्थ, मिथेन ग्यासको अन्वेशनबाट आएको प्रारम्भिक प्रतिवेदनले सबै नेपालीलाई उत्साहित बनाएको छ । त्यसको निरन्तरता र नतिजाको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अब कनिका छरेजस्तो गरी बजेट छर्ने प्रवृत्ति बन्द गरी परिणाममुखी परियोजनाहरुमा लगानी बृद्धिका लागि सरकारलाई आग्रह गर्न चाहन्छु,’– उनले भने ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷०८३ को बजेटले मधेश प्रदेशलाई उपेक्षा गरेको उनले बताए ।




प्रतिक्रिया