काठमाडौं, ७ असार । कैलालीको टीकापुर नगरापालिका प्रमुख रामलाल डगौरा थारूले टीकापुरलाई गुलाफको सहर बनाइने बताएका छन् । मेयर थारुले स्वर्गीय खडकबहादुर सिंहको परिकल्पनाअनुसार टीकापुरलाई गुलाफको फूलको सहरको रुपमा सिङ्गार्ने तयारी भइरहेको बताएका हुन् । टीकापुरको भूगोल गुलाफको लागि उपयुक्त पनि रहेको उनको भनाइ छ । गुलाफको फूलको सहर बनाएर टीकापुरलाई पर्यटनको हब बनाइने उनले बताए ।
‘टीकापुर पार्कमा अब गुलाफको फूल फुल्द छ । भूगोल र वातावारणको हिसाबले पनि यो स्वीटेवल छ । राजा वीरेन्द्र, राजा महेन्द्र र स्वर्गीय खडकबहादुर सिंहको परिकल्पनालाई अब हामीले रङ्गरोगन गर्नेदेखि लिएर गुलाफको फूलबाट सजाएर टीकापुरलाई संसारभरी चिनाउनका लागि नै यो गुलाफको महोत्सवको आयोजना पनि गर्ने भनेर नीति तथा कार्यक्रममा ल्याइसकेका छौं । भव्यरुपमा पर्यटन पर्यावरण हबको रुपमा पनि विकास गर्ने र टीकापुरमा जुन किसिमको समुदायहरु बस्नुभएको छ, सबैलाई गुलाफको फूलजस्तै मन बनाएर सद्भाव कायम गर्ने भन्ने पनि हाम्रो उद्देश्य रहेको छ,’– उनले भने ।
साथै, टीकापुरको विकास देखेर त्यहाँका जनताहरु प्रभावित भएको पनि मेयर थारुले बताए । उनले भने, ‘यहाँका जनसमुदायहरु टीकापुरको विकास देखेर प्रभावित पनि हुनुभएको छ । सबैले टीकापुरको साझेदारीमा सहभागिता जनाउनुभएको छ ।’
प्रतिक्रिया