पर्सा, ८ असार । मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । रामाशीष महतोको अध्यक्षतामा समिति गठन भएको हो । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको भेलाले महतोको अध्यक्षतामा मञ्चको बारा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
भेलाले गठन गरेको तदर्थ समितिको बारा जिल्लाको वरिष्ठ उपाध्यक्षमा रामेश्वर पटेल, उपाध्यक्ष सकलदेव मुखिया, महासचिव रामजी राउत कुर्मी, सचिव रवीन्द्रप्रसाद यादव र कोषाध्यक्षमा जीतेन्द्रकुमार साहलाई चयन गरिएको छ ।
१९ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा क्रमशः रामदरश साह, दीपेन्द्र पटेल, रामप्रवेश कुशवाहा, खुशबु कुमारी, पूर्णिमा देवीलगायत रहेका छन् । भेलामा मञ्चका केन्द्रीय सदस्य रवि चौरसिया, मदन ढुंगानालगायतको उपस्थिति थियो ।




प्रतिक्रिया