बजेट पाउने भाग्यमानी ५ वटा जिल्लामात्रै नेपालमा राखौं, बाँकी ७२ जिल्ला अर्को देशलाई लिजमा दिउँ : सिंह


काठमाडौं, ८ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच वटा जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा जिल्ला अरु देशलाई लिजमा दिनुपर्ने व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बजेट नपाउने जिल्लाहरुलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरको हुन् ।

सहकारी विकास मन्त्रालयले काठमाडौंमा निजी सम्पत्ति ठानेर बजेट हालिएको भन्दै उनले आलोचना गरे । तर, सिंहले बोल्दै गर्दा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियामापत्ति गरे ।