काठमाडौं, ७ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्मा निकै अभद्रता, अशिष्टता र अमर्यादित शैलीमा प्रस्तुत भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपा संसद्मा निकै दुर्षित ढंगबाट प्रस्तुत भइरहेको बताएका हुन् । रास्वपाले जनताको माझमा गृहमन्त्रीको राजीनामालाई आफ्नो एजेण्डा बनाए पनि विभिन्न बैठकहरुमा आफूहरुले गृहमन्त्रीको राजीनामा नमागेको बताउँदै आएको नेता बर्ताैलाले बताए । रास्वपाले विभिन्न बैठकमा गृहमन्त्रीको राजीनामा मागेको होइनौं भने पनि सदनमा स्टन्ट गरेको उनको टिप्पणी छ । बजेटजस्तो संवेदनशील विषयमा पनि छलफल गर्न तयार नभएर रास्वाले स्टन्ट गरिरहेको उनको भनाइ छ ।
साथै, भिजिट भिसा प्रकरण छानविन गर्नका लागि समिति बनाउने कुरा प्रमुख प्रतिपक्षी दलसँग सरकारले सहमति गरिसकेको र सरकारले सदनमा प्रमुख प्रतिपक्षीलाई बढी चिन्ने बताएका हुन् । उनले रास्वपाले नेपालको प्रणालीलाई नै ड्यामेज गराउने गरी प्रस्तुत हुने गरेको बताए । अबको ५ दिनभित्र समिति कस्तो बताउने भनेर संरचनाको बारेमा प्रष्ट हुने नेता बर्तौलाले बताए ।
‘जनतालाई देखाउन उहाँहरुले गृहमन्त्रीको राजीनामा भनिरहनुभएको छ । उहाँहरुले विभिन्न बैठकहरुमा गृहमन्त्रीको राजीनामा माग गरेका होइनौं भनिरहनुभएको छ । दोस्रो कुरा उहाँहरुले छानविन समिति भनिरहुनु भएको छ । माओवादी संसद्को प्रमुख प्रतिपक्षी हो नि । प्रमुख प्रतिपक्षीसँगै छानविन गर्नका लागि आवश्यक समिति बनाउने भनेर सरकारले कमिटमेन्ट गरेको छ भनेपछि गर्छ,’ उनले भने, ‘अबको तीन दिनभित्रमा, बढीमा पाँच दिनभित्रमा सरकारले कस्तो बनाउने भनेर एक प्रकारको निर्णय गरेर सरकार अगाडि बढ्छ । यो कुरा रास्वपालाई पनि थाहा छ ।’ File Photo/RN




प्रतिक्रिया