काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले बजेट विनियोजनमा प्रधानमन्त्री र उनको पार्टी (एमाले) ले भनेको मान्नुपर्ने र अरुले मान्नुनपर्ने जस्तो देखिएको बताए । सत्तारुढ दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै उनले ‘संयुक्त सरकार हो भन्ने अनुभूति गर्नुपर्छ कि पर्दैैन ?’ भन्दै प्रश्नसमेत गरे ।
‘मैले कयौं चिजहरुमा भेटेँ, ध्यानाकर्षण गराए, आग्रह गरेँ । यो संयुक्त सरकार हो भन्ने अनुभूति गर्नुपर्छ कि पर्दैैन ? प्रधानमन्त्रीको पार्टीकाले, प्रधानमन्त्रीले, अर्थमन्त्रीले भनेको मान्नुपर्ने, अरुले मान्नुनपर्ने त्यस्तोखालको हुन्छ र ? सिलिङ त सबैका लागि होला नि, देशको लागि होला नि ?’ प्रश्न गर्दै उनले भने ।
नेता थापाले बजेट विनियोजनको मोडेल ठीक नभएको बताए । बजेट विनियोजनलाई लिएर सत्तारुढ दलहरु नै संसद्मा रोनाधोना गर्ने दिन आएको उनको टिप्पणी थियो ।
नेपाली कांग्रेसबाट मन्त्री रहेका मन्त्रालयले आफ्ना आसेपासे र कार्यकर्तालाई मात्रै बजेट विनियोजन गरेको तर्फलक्षित गर्दै उनले भने, ‘मन्त्रालयहरु यही ढंगले चल्ने हो ? यही ढङ्गले मन्त्रालयहरु आफ्ना आसेपासेका सिफारिस खोजेर हिँड्ने हो ? जनताका प्रतिनिधिलाई अपमान गर्ने हो ? उनीहरुको सिफारिसलाई चाहीँ रद्दिको टोकरीमा फाल्ने हो भने यो सिस्टमले काम गर्छ ?’
प्रतिक्रिया