छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन सुरु, अहिले उर्जामन्त्री खड्का जवाफ दिँदै


काठमाडौं, ९ असार । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थालिएको छ । अहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का जवाफ दिँदैछन् ।

यसलगत्तै वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल गरी सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचि छ । बैठकको कार्यसूचि प्रारम्भ हुनेबित्तिकै रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका थिए । उनीहरुले बैठक कक्ष छोड्दै गर्दा पनि नाराबाजी गरेका थिए ।